काठमाडौँ, २ माघ
सर्वोच्च अदालतका न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावललाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार सर्वोच्चभित्र प्रवेश गर्न खोज्दा उनी गेटबाटै पक्राउ परेकी हुन् ।
गएको शुक्रबार गिरीले सर्वोच्च परिसरमै आत्मदाहको प्रयास गरेकी थिइन् । त्यति बेला पनि प्रहरीले उनलाई नियन्त्रणमा लिएर छाडेको थियो ।
रावलले गिरीमाथि यौनशोषणको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन् । उनीहरूबीचको मुद्दा अदालती प्रक्रियामा छ ।
अहिले उनलाई प्रहरीले महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखेको छ ।








