काठमाडौँ, २१ पुस
नेपाली सेनाको एकीकरण पदयात्रा सुरु भएको छ। गोरखादेखि काठमाडौसम्मको पदयात्रा आजबाट सुरु भएको हो ।
गोरखा दरबारबाट सुरु भएको पदयात्रामा अधिकृतको कमाण्डमा ३० जनाको टोली सहभागी छन् । उनीहरुलाई गोरखा दरबार परिसरबाट टर्च र झण्डा हस्तान्तरण गरेर बिदाइ गरिएको रिपुमर्दन गणका गणपती अशोक कुमार क्षेत्रीले जानकारी दिए । उनका अनुसार नेपाली सेनाको पहिलो पाँच कम्पनी श्रीनाथ, कालिबक्स, पुरानो गोरख, बर्द बहादुर गण र सबुज गण सहभागी छन् ।
३०२ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने क्रममा गोरखाबाट पदयात्रा सुरु गरिएको नेपाली सेनाले जनाएको छ । पृथ्वी जयन्तीका दिन नेपाली सेनाले दिपज्योतिसहित ऐतिहासिक सैनिक पोशाक लगाएर र परम्परागत बाजा बजाउने छ।








