७ फागुन, काठमाडौं –
आज विशेष समारोहको आयोजना गरेर टुँडिखेलमा प्रजातन्त्र दिवस मनाइएको छ ।
राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिद्धारा आयोजित कार्यक्रममा झाँकी, मार्च पास, नृत्य र साङ्गीतिक धुन प्रस्तुत गरिएको थियो ।
बिहीबार बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसहित सरकारी उच्च पदस्थ व्यक्तिको उपस्थितिमा दिवस मनाइएको हो । राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित समारोहमा सरिक भएका हुन । आयोजित समारोहमा सेनाले उनको सम्मानमा सलामी अर्पण गरेको थियो ।









