Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, असोज २७, २०८२
☰
Logo सोमबार, असोज २७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

विद्यालय खुले, पठनपाठन भोलिदेखि

लोकप्रिय समाचार

  • १. बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

  • २. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३. आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • ४. भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ५. आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ६. हमाससँग रहेका ४८ बन्धकमध्ये २० जना मात्रै जीवित

  • ७. आज कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ८. देशका विभिन्न राजमार्ग र सडक खण्डमा अझै यातायात अवरुद्ध, सडक खुलाउने कार्य उच्च प्रथामिकतामा

  • ९. असोज १७ पछिको विपद्मा परेर मृत्यु हुने ५३ जना

  • १०. प्रदेश सरकारले बाढी र पहिरोमा भत्किएका घर निर्माण गरिदिने

वर्ष २०७८ : नेपाली सिनेमामा उपलब्धि कम, विवाद र असफलता बढी

काठमाडौं, २९ चैत-
२०७८ मा १३ वटा नेपाली चलचित्र रिलिज भए । रिजिल त भए तर, लगानीसमेत उठाउन सकेनन् । नाै महिना लामो बन्दाबन्दीमा परेकाले चलचित्र बजार ठप्प रह्याे । दशैं तिहारको बीचमा रिलिज भएका चलचित्र दुई दिन पनि चल्न सकेनन् । त्यसपछि पुनः हल बन्द गरियो । हल खुलेसँगै थप चलचित्र रिलिज भए । तर, तिनले पनि न दर्शक कमाए न पैसा ।

१५ वैशाखबाट कोरोनाको दोस्रो लहरले देशैभरका सिनेमा हल बन्द भए । १५ भदौबाट हल खोल्ने सरकारले निर्णय गर्‍यो । तर, फिल्म नहुँदा हल खुलेनन् । १७ असोजबाट हल खुले । पहिलो दिन नै दुईवटा हलिउड चलचित्र ‘फास्ट एन्ड फ्युरियस ९’ र नोबडी रिलिज भए ।

हलिउड चलचित्र प्रदर्शनमा आएपछि नेपाली चलचित्रकर्मी पनि जुर्मुराए । त्यसपछि २६ असोज अर्थात् फुलपातिको दिन शोभित बस्नेतको निर्देशनमा बनेको चलचित्र ‘डाँडाको वरपीपल’ प्रदर्शनमा आयो । जसले दर्शकको साथ पाउन सकेन् ।

त्यसपछि ‘धूम-४’, ‘ओभरडोज’, ‘चुरीफुरी’, ‘कठपुतली’, ‘सकिन भुल्न तिमीलाई’, ‘चपली हाइट-३’ रिलिज भए । त्यसपछि फेरि तेस्रो लहर आयो ।सिनेमा हल बन्द भए ।

पुनः हल खुलेपछि फागुनदेखि क्रमशः ‘म यस्तो गीत गाउँछु २’, ‘लप्पन छप्पन २’, ‘आकाशे खेती,’ ‘चिसो एस्ट्रे,’ ‘हेल्लो जिन्दगी’ र ‘मैले आई लभ यू भन्नै सकिनँ’ रिलिज भए । तर कुनैले पनि लगानी उठाउन सकेनन् । यो समय भने हलको शो र विदेशी फिल्मको प्रभुत्वको समस्या थिएन ।

समस्या त फिल्मको कथा, सिनेम्याटिकको थियो । राम्रो चलचित्र बनाउन नसकिएपछि चलचित्र निर्माताहरूले भने दर्शकलाई दोष दिए । नेपाली चलचित्रले दर्शकलाई हलसम्म तान्न नसकिरहेका बेला विदेशी चलचित्रले राम्रै व्यापार गरे ।

तिहारको अवसरमा बलिउड फिल्म ‘सूर्यवंशी’ रिलिज भयो । जसले दर्शक हलसम्म तान्यो । अक्षयकुमार अभिनिति उक्त चलचित्रले दर्शकलाई हलसम्म तानेको थियो । तर, त्यही अवधिमा रिलिज भएका नेपाली चलचित्रले भने पानीसम्म भन्न पाएन ।

त्यस्तै आलिया भट्ट अभिनित बलिउड चलचित्र ‘गंगुबाई काेठियावाडी’ ले नेपाली दर्शकलाई हलसम्म तानेको थियो । साउथ इन्डियन स्टार अल्लु अर्जुन अभिनित चलचित्र ‘पुष्पा’ १७ डिसेम्बारबाट रिलिज भयो । जुन चलचित्र हेर्न दर्शकको ओइरो लाग्यो । त्यहीबेला हलिउड फिल्म ‘स्पाइडर म्यान नो वे होम’ प्रदर्शनमा आयो । यो चलचित्र हेर्न पनि दर्शक हलसम्म पुगे ।

त्यसपछि २५ मार्चदेखि साउथ इन्डियन चलचित्र ‘आरआरआर’ प्रदर्शनमा आयो । जसलाई हेर्न दर्शकको ओइरो लाग्यो । १२ करोडभन्दा बढीको कलेक्सन गरिसकेको यो चलचित्रले अझै दर्शक पाइरहेको छ ।

यो वर्ष नेपाली चलचित्रका लागि व्यापारभन्दा विवादले प्रश्रय पायो । कहिले महानायकको विवाद त कहिले विदेशी चलचित्र नेपालमा प्रतिबन्ध लगाउनुपर्छ भन्ने विवाद । कोरोना महामारीले थलिएको चलचित्र क्षेत्रलाई सुधार गर्ने अवसर थियो । त्यसका लागि चलचित्रकर्मी तयारीमा लाग्नुपर्ने थियो । तर, उनीहरू आपसी झैझगडामा व्यस्त देखिए ।

महानायकको विवाद

२६ असोजबाट प्रदर्शनमा आएको चलचित्र ‘डाँडाको वरपीपल’ लाई दर्शकले बहिस्कार नै गरे । त्यसको कारण थियो- महानायक विवाद । निषेधाज्ञापछि हल खुल्यो । चलचित्र पनि प्रदर्शनमा आयो । चलचित्र प्रदर्शनअघि चलचित्र निर्माता पक्षले पत्रकार सम्मेलनको आयोजना गर्‍यो ।

जहाँ शोभित बस्नेतले अभिनेता भुवन केसीलाई महानायकको उपाधि दिए । नेपालको एक मात्र महानायक भन्दै भुवन केसीलाई सम्बोधन गरेको शोभितले पछि माफी नै माग्नुपर्ने अवस्था आयो । भुवनलाई महानायक भनेपछि यसअघिका महनायक भनिएका राजेश हमालका फ्यान रिसाए । यही बीचमा चलचित्रको ‘देउराली बनेछ डुंगाको’ गीत सार्वजनिक भयो । जुन गीतले सबैभन्दा बढी डिसलाइक पायो ।

महानायक विवाद चर्किने देखेपछि शोभितले कार्यक्रम राजेश हमालको तस्बिर नै राखेर माफी मागे । यति मात्र नभएर राजेश हमाललाई प्रत्यक्ष भेटेर गल्ती भएको भन्दै माफी मागे । महानायक विवाद पहिलोपटक भने भएको होइन् । यसअघि पनि पटकपटक यसरी महानायकबारे विवाद चलिरहेको थियो । जसले विवाद सिर्जना खोज्यो अन्ततः उसैले माफी माग्नुपर्ने अवस्था आएको थियो ।

पल शाहको हिरासत यात्रा

नेपाली चलचित्र क्षेत्रको अर्को दुखद् घटना हुन पुग्यो । चलचित्र क्षेत्रका उदीयमान अभिनेता पल शाह बलात्कार प्रकरणमा पक्राउ परे । नाबालिग गायिकाले आफूमाथि बलात्कार गरेको आरोप लगाउँदै तनहुँ र नवलपुरमा उजुरी दिइन् । जसले गर्दा उनी यतिबेला पुर्पक्षका लागि हिरासतमा छन् ।

यो विषयमा गायक दुर्गेश थापा, सरोज ओलीलगायतका कलाकार पनि विवादमा तानिए । पल शाह प्रकरणबाटै दुर्गेशलाई चलचित्रको दृश्यबाटै हटाइयो । १ वैशाखबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ए मेरो हजुर-४’ बाट उनलाई हटाइएको थियो ।

यो वर्ष अधिकांश चलचित्रका कलाकार म्युजिक भिडियोतिर लागे । चलचित्र क्षेत्रमा स्टारडम कमाइसकेका अभिनेता अभिनेत्रीको म्युजिक भिडियो मोह राम्रै देखियो । म्युजिक भिडियो मात्र नभएर उनीहरूले टिकटकतिर पनि राम्रै उपस्थिति जनाउन पुगे ।

तिहारको अवसरमा पूजा शर्माको चलचित्र ‘म यस्तो गीत गाउँछु-२’ प्रदर्शनमा आयो । तामझाम साथ प्रचारप्रसार गरियो । दर्शकहरू हलसम्म पुगे । पूजा शर्मा आफैं देशदौडाहमा लागिन् । पल शाह बलात्कार प्रकरणमा मुछिएपछि उनी पलको बचाउमा लागिन् । उनले पल शाहले बलात्कार गरेको नभई उनलाई फसाउन लागेको भन्दै रोइलो गर्दै हिँडिन् । जसले गर्दा उनको चर्चा पनि राम्रै भयो ।

करिश्माको राजनीतिक मोह

सदावहार नायिकाकाे परिचय बनाएकी अभिनेत्री करिश्मा मानन्धरले यही वर्ष पार्टी परिवर्तन गरिन् । उनी एमाले प्रवेश गरेकी छन् । जुन विषय पनि चर्चामा रह्यो । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टीबाट उनले आफ्नो राजनीतिक करिअर सुरू गरेकी थिइन् । बाबुराम पार्टी परिवर्तन गराउँदै जसपामा लागेपछि उनी निस्क्रिय जस्तै बनेकी थिइन् ।

लामो समय निस्क्रिय जस्तै बनेकी करिश्मा केपी ओलीको हातबाट टीका लगाएर एमाले प्रवेश गरेकी हुन् । आफू पदको लोभले पार्टी प्रवेश नगरेको उनले बताएकी थिइन् । पार्टीले जस्तो खालको जिम्मेवारी दिए पनि निर्वाह गर्ने उनको भनाइ थियो । तर, यतिबेला उनी आफुलाई पद चाहियो भन्दै हिँडिरहेकी छन् ।

गीत संगीतको वर्ष

यो वर्ष गीत संगीत क्षेत्रले भने राम्रै चर्चा पायो । कोरोना महामारीका कारण चलचित्र क्षेत्र चलायमान हुन नसकिरहेका बेला गीत संगीतमा भने लाखौंको लगानी भित्रियो । केही कलाकारले राम्रै नाम र दाम पनि कमाए । जसमा गायक प्रकाश सपुत, महेश काफ्ले, प्रकाश दुतराज, गायिका समीक्षा अधिकारी, एलिना चौहान, अञ्जु पन्त, रचना रिमाललगायतका गायक गायिका चर्चामा रहे ।

प्रकाश सपुतको गीत ‘पीर’ ले खुबै चर्चा पायो । द्वन्द्वकालीन घटनामा आधारित भएर बनाइएको गीत राजनीति वृत्तबाट चर्चामा रहेको थियो । माओवादी नेता तथा कार्यकर्ताहरूले विरोध जनाएपछि उनले विवादित यौनकर्मीको दृश्य हटाउँदै पुनः भिडियो अपलोड गर्नुपरेकाे थियाे ।

यो वर्ष अभिनेत्री प्रिंयंका कार्की तथा ऋचा शर्मा आमा बने । प्रियंकाले छोरीलाई जन्म दिइन् भने ऋचाले छोरा पाइन् । चर्चित हास्य कलकार मनोज गजुरेलले दोस्रो बिहेसमेत गरे ।

जितु नेपालको मुन्द्रेको कमेडी क्लब बन्द हुन पुग्यो । उक्त शोका कलाकार उमेश राई उर्फ फुलन्देकी आमाले शो छोडेपछि उनी कार्यक्रम नै बन्द गर्न पुगेको थिए । फुलन्देकी आमा यतिबेला अर्को शो कमेडी विथ स्टारमा छिन् ।

यसरी २०७८ लाई फर्केर हेर्दा गीत संगीत क्षेत्रमा सन्तोषजनक प्रगति देखियो । चलचित्र क्षेत्रको हकमा भने करोडौं लगानी बालुवामा पानीसरह नै भयो । साउड इन्डियन चलचित्र ‘पुष्पा’ र ‘आरआरआर’ले नेपालबाट करोडौं पैसा कमाउन सफल भयो । १ वैशाखबाट प्रदर्शन आउन लागेको अर्को चलचित्र केजीएफ च्याप्टर-२ ले पनि आक्रामक व्यापार गर्ने देखिएको छ ।

नेपाली चलचित्रकर्मीहरू भने विदेशी चलचित्रलाई प्रतिबन्ध लगाउनुपर्ने माग उठाउँदै आएका छन् । यतिसम्म कि उनीहरूले त चलचित्र विकास बोर्डलाई ज्ञापनपत्र नै बुझाउन पुगे । आफ्नो कमीकमजोरी सुधार गर्दै दर्शकलाई हलसम्म तान्ने खालको चलचित्र बनाउनुको साटो उनीहरू विदेशी चलचित्रमाथि प्रतिबन्ध लगाउनुपर्ने माग अघि सारिरहेका हुन् ।- न्युज कारखाना

 

Chitwan Aaja चितवन आज
बुधबार, चैत ३०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
राष्ट्रिय परिचय पत्रका लागि दैनिक ११ घण्टा सेवा
हमासले पुष्टि गर्‍यो विपिन जोशीको मृत्यु, शव आजै इजरायललाई बुझाउने
विपिन जोशीको अवस्था अज्ञातः परराष्ट्र मन्त्रालय

ताजा समाचार

सबै

राष्ट्रिय परिचय पत्रका लागि दैनिक ११ घण्टा सेवा

हमासले पुष्टि गर्‍यो विपिन जोशीको मृत्यु, शव आजै इजरायललाई बुझाउने

विपिन जोशीको अवस्था अज्ञातः परराष्ट्र मन्त्रालय

मङ्सिरभित्रै पार्टीको १५ औँ महाधिवेशन गर्न कांग्रेस नेताहरूको माग

मधेश सरकारकी शिक्षामन्त्री शर्माले दिइन् राजीनामा

दूधको बजारीकरण र भुक्तानीको विषयमा छलफल

स्वास्थ्य मन्त्रालयले जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्ने

पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता, साढे ८ करोड बढी विगो मागदावी

मन्त्री घिसिङसँग नेपालका लागि कोरियाका राजदूतको शिष्टाचार भेट

समुदायको अग्रसरताविना विपद् न्यूनीकरण सम्भव छैन : गृहमन्त्री अर्याल

अरिङ्गालले टोकेर घाइते भई अस्पतालमा उपचाररत एक जनाको मृत्यु

कालीमाटी तरकारी बजारमा अकबरे खुर्सानीमा भेटियो अत्यधिक विषादी

कैदीबन्दी लुकाउनेलाई कानुन बमोजिम कारबाही गरिने

डेढ महिनादेखि बस्न सकेन गण्डकी प्रदेशसभा बैठक

पुनर्जागरण समयको सदुपयोग

जलेका कागजातको पुनः प्राप्तिका लागि अनलाइन प्रणालीमार्फत सेवा लिन सकिने

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

  • २.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • ४.
    भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ५.
    आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ६.
    हमाससँग रहेका ४८ बन्धकमध्ये २० जना मात्रै जीवित

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech