विराटनगर, जेठ ३०
मोरङको सुन्दरहरैँचा- ६ मा एउटा हात्ती मृत फेला परेको छ ।
स्थानीय भक्तबहादुर लिम्बूले लगाएको केरा खेतीभित्र भाले हात्ती मृत अवस्थामा भेटिएको हो ।
अन्दाजी ८/९ वर्षको हात्ती मृत अवस्थामा फेला परेको जिल्ला वन अधिकृत विष्णुलाल घिमिरेले जानकारी दिए ।