काठमाडौँ, ३ माघ
माल्टा पठाउँछु भनेर ठगेको आरोपमा एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाल्पा घर भई काठमाडौँको स्वयम्भू बस्ने ३० बर्षिया मायादेवी राना रहेकी छन् ।उनलाई स्वयम्भूबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मिलन केसीले जानकारी दिए ।
रानामाथि रोजगारीको लागि माल्टा पठाइदिने भनेर ४३ लाख रुपैयाँ ठगेको आरोप छ । ४३ लाख रुपैयाँ लिएपछि उनी सम्पर्कविहीन भएको पिडितहरुले बताएका छन् ।
आरोपीलाई कानुनी कारवाहीका लागी प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ ।








