रोल्पा, २ माघ
४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ६१ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रोल्पाको सुनछहरी गाउँपालिका-६ गामखोले बस्ने कविराम पुन मगर रहेका छन् । मगरले ती महिलालाई शुक्रबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी जेलवाङ र इलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।








