काठमाडौँ, २९ पुस
जिल्ला न्यायाधीश भुवन गिरीको पत्नीले आत्मदाहको प्रयास गरेकी छन् । गिरि अदालतको आदेशबमोजिम तारेखमा छुटेकाले उनले आइतबार दिउँसो सर्वोच्च अदालतबाहिर आत्मादाहको प्रयास गरेकी हुन् ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमोद ढुंगलका अनुसार शरीरमा मट्टितेल खन्याउँदै गरेको अवस्थामा प्रहरीले उनलाई उद्दार गरेको हो ।
गिरि पत्नीकै उजुरीमा वैवाहिक बलात्कारको मुद्दामा पक्राउ परेका थिए । गिरिलाई थुनामा राखी मुद्दा अगाडि बढाउनुपर्ने भन्दै गिरीको पत्नीले माग गरेकी छन् ।
उनि अहिले सकुशल रहेको प्रहरीले जानकारी दिएको छ ।








