काठमाडौँ, २० पुस
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अदालतको अवहेलना मुद्दामा सफाइ पाएका छन् ।
सात वर्ष पुरानो एक अभिव्यक्तिका कारण अवहेलनाको आरोप खेपेका दाहाललाई सर्वोच्च अदालतको संयुक्त इजलासले आज सफाइ दिएको हो ।
न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले अवहेलनासम्बन्धी उजुरीमा ‘मागदावी नपुग्ने’ भनी निर्णय सुनाएको हो ।








