सर्लाही, २० पुस
सर्लाहीमा प्रहरीले गोलि चलाउँदा एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बरथवा नगरपालिका–६ का जयशंकर साह रहेका छन् ।साहको टाउकोमा गोली लागेको थियो ।
सर्लाहीको बरहथवा नगरपालिकामा बनाउन लागेको ५० शैयाको अस्पतालको विषयमा विवाद हुँदा आज प्रहरीले गोली चलाएको थियो ।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुबेर कडायतले स्थिति तनाबग्रस्त भएपछि प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रहार गरेको बताए ।








