काठमाडौँ, २० पुस
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
रास्वपा सभापति लामिछाने ओलीलाई भेट्न बालकोट पुगेको सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।
उनका अनुसार भेटमा समसामयिक विषयमा कुराकानी भएको छ ।








