काठमाडौँ । एमाले बागमती प्रदेश अधिवेशनको निर्वाचनपछि मतगणना सुरु भएको छ ।
ललितपुरस्थित एमाले केन्द्रीय कार्यालयमा मतगणना सुरु भएको हो ।
निर्वाचनमा कुल ११३१ मत खसेको छ ।
शुक्रबार राति सम्पन्न मतदानमा कुल ११६९ मध्ये ११३१ मत खसेको छ । मुख्य निर्वाचन अधिकृत डिल्ली मैनालीले निर्वाचनबाट पाँच पदाधिकारीसहितका २४५ निर्वाचित हुने जानकारी दिए ।