जनकपुर, १३ भदौ
जनकपुरधाम उपमहानगरपालिकाले एसिया कप क्रिकेट हेर्नका लागि आज दिउँसो २ बजेपछि बिदा दिएको छ।
उपमहानगरपालिकाले सूचना जारि गर्दै दिउँसो २ बजेपछि उपमहानगरभित्रका विद्यालय बन्द गर्न आग्रह गरेको छ।
आजदेखि सुरू हुने एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले पाकिस्तानसँग खेल्दैछ।