• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
शनिबार, भदौ २१, २०८२
☰
शनिबार, भदौ २१, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

‘सामुदायिक विद्यालय राम्रो बनाऊ, हामी सकिन तयार छौँ’

गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा

चितवनमा ग्रेस इन्टरनेशनलको ‘एडुभर्स २०२५’

सकियो तीन दिने अङ्कुरम्–नमुना राष्ट्रसंघ कार्यक्रम

अर्किड स्कुलद्वारा अन्तर विद्यालय स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

फोर्ब्स कलेज भरतपुर चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रबृति प्रदान गर्ने

अर्बिट स्कुलमा कक्षा ११ का विद्यार्थीलाई कक्षा १२ का विद्यार्थीले गरे स्वागत

पूर्वाग्रही सोचसहित ल्याउनलागिएको शिक्षा विधेयक अस्वीकार्य : प्याब्सन

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

  • ३. आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ४. हेर्नुस आज मिति २०८२ भदाै १७ गते मंगलवारको राशीफल

  • ५. गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

  • ६. आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ७. मुग्लिन सडकमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

  • ८. विज्ञता र क्षेत्राधिकारभित्र रहेर काम गर्न मन्त्री डा.देवकोटाको निर्देशन

  • ९. आज शनिबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • १०. राष्ट्रियसभाको बैठक आज बस्दै

नेपाललाई नयाँ इतिहास कोर्ने अवसर, १५ वर्षपछि पाकिस्तानी भूमिमा एसिया कप

काठमाडौं भदौ १३
एसिया कप–२०२३ को उद्घाटन खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमले आज एकदिवसीय वरीयताकै शीर्ष स्थानको पाकिस्तानविरुद्ध चुनौती प्रस्तुत गर्दै छ ।

एसिया कपमा ‘डेब्यू’ गर्न लागेको नेपाली टिमले सन् १९९२ को विश्वकप विजेतासमेत रहेको पाकिस्तानविरुद्ध पनि पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्रिकेटमा प्रतिस्पर्धा गर्न लागेको हो । एकदिवसीय वरीयताको १५औँ स्थानमा रहेको नेपालले आफ्नो क्रिकेट इतिहासमै पहिलोपटक शीर्ष स्थानमा रहेको टिमविरुद्ध खेल्दै छ । आजको खेल जिते नेपाली क्रिकेटले नयाँ इतिहास रच्ने छ । उसो त नेपाली टिममा आत्मविश्वास पनि देखिन्छ ।

“नेपालमा हामीबाट ठूलो अपेक्षा छ । सबै नेपालीले यो एसिया कपका बारेमा सपना देखिरहेका छन् । हामी दुई दशकदेखि क्रिकेट खेलिरहेका छौँ । र, एसिया कपजस्तो उच्चस्तरमा आफ्नो देशको प्रतिनिधित्व गर्न पाउनु ठूलो कुरा हो,” प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले भनेका थिए ।

“हामी पहिलोपटक एसिया कप खेलिरहेका छौँ । यो हामी सबैका लागि ठूलो उपलब्धि हो । हाम्रा लागि यो विशेष अवसर पनि हो । पाकिस्तान निकै राम्रो टिम हो र हामी उनीहरूलाई प्रतिस्पर्धात्मक खेल दिन चाहन्छौँ, भारतविरुद्ध पनि । हामी यहाँका लागि योग्य थियौँ । त्यसैकारण आज यहाँ छौँ । उनीहरूसामु चुनौतीपूर्ण खेल पस्किने छौँ,” रोहितले थपे ।

पाकिस्तानी टिमको कप्तानी सम्हालिरहेको बाबर आजम एकदिवसीय ब्याटिङ वरीयताको शीर्ष स्थानका ब्याटर हुन् । नेपालविरुद्धको खेलका लागि पाकिस्तानले आफ्नो ‘प्लेइङ–११’ सार्वजनिक गरिसकेको छ । जसमा बाबरबाहेक इमाम उल हक (तेस्रो) र फकर जमान (पाँचौँ) गरी एकदिवसीय ब्याटिङ वरीयताको शीर्ष १० भित्र रहेका दुई ब्याटर छन् । बलिङतर्फ साहिनसाह अफ्रिदी एकदिवसीय बलिङ वरीयताको नवौँ स्थानमा छ ।

नेपालले पहिलोपटक एसिया कप खेल्दैगर्दा पाकिस्तान भने १५ वर्षपछि क्रिकेटको कुनै ठूलो प्रतियोगिताको आयोजक बन्दै छ । यसैकारण सफल आयोजकमा नाम लेखाउने दौडमा रहेको पाकिस्तानका लागि पनि यो खेल निक्कै महत्त्वपूर्ण छ । नेपाल र पाकिस्तानबीचको यो ऐतिहासिक खेल मुल्तानस्थित मुल्तान क्रिकेट रंगशालामा नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि सुरु हुँदै छ ।

प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा पाकिस्तान कप्तान आजमले पनि नेपाललाई सहज रूपमा नलिएको प्रतिक्रिया दिएका थिए ।

“मलाई ठ्याकै मिति थाहा छैन । तर, पछिल्लोपटक मैले नेपालविरुद्ध पाकिस्तानको यू–२३ टिमबाट खेलेको थिएँ । त्यसकारण अहिलेको टिममा धेरैजसो खेलाडी त्यसबेलाकै थिए भन्ने लागेको छ । उनीहरूसँग राम्रा खेलाडीहरू छन् । त्यसकारण हामी कहिल्यै उनीहरू (नेपाल) लाई सहज रूपमा लिँदैनौँ । हामी उनीहरूविरुद्ध बेस्ट क्रिकेट खेल्न चाहन्छौँ,” नेपाली टिमको बारेमा प्रश्न गर्दा पाकिस्तानी कप्तान बाबरले भनेका थिए ।

गत वैशाख १९ गते घरेलु मैदानमै भएको एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपालले एसिया कपमा स्थान सुनिश्चित गरेको थियो । प्रिमियर कपको उपाधि जितेपछि भारत र पाकिस्तानसँग पहिलोपटक आमनेसामनेको अवसर पाएको नेपाली टिम गत हप्ता नै पाकिस्तानको यात्रामा निस्किएको थियो ।

पाकिस्तानी कप्तान आजमले क्रिकेटमा कुनै पनि टिमलाई कमजोररूपमा लिन नहुने भन्दै नेपालसँगको खेलका लागि पनि अन्य टिमविरुद्ध जसरी नै योजना बनाएको बताए ।

“क्रिकेटमा कुनै पनि टिमलाई सहजरूपमा लिन सकिँदैन । एक क्रिकेटरको रूपमा कसैलाई पनि सहज रूपमा लिनु हुँदैन भन्ने मैले सिकेको छु । विपक्षी जस्तो भए पनि त्यसका लागि पूरा योजना बनाउन पर्दछ, जसरी अन्य टिमविरुद्ध बनाइन्छ । हामीले योजना बनाएका छौँ । उनीहरू (नेपाल) को कुन क्षेत्र बलियो र कुन क्षेत्र कमजोर भन्नेबारे अध्ययन गरेका छौँ र त्यसअनुसारको रणनीति बनाएका छौँ,” बाबर थप्छन् ।

नेपाली टिमले एसिया कपमा स्थान बनाएको यो पहिलोपटक भने होइन । २१ वर्षअघि पनि नेपाल एसिया कपका लागि छनोट भएको थियो, सन् २००१ मा भएको एसीसी ट्रफीको उपविजेताको रूपमा ।

तर, भारत–पाकिस्तानको खिचातानीको कारण नेपालले त्यसबेला अवसरको उपयोग गर्न पाएन । भारत–पाकिस्तानको राजनीतिक विवाद चरम अवस्थामा पुगेपछि सन् २००२ मा आयोजना हुने भनिएको प्रतियोगिता नै रद्द भयो ।

यस संस्करणमा पनि सुरुआती समयमा अवस्था लगभग उस्तै बन्ने देखिन्थो । पाकिस्तानमा आयोजना हुने तालिका रहेका कारण भारतीय टिमले सरकारबाट छिमेकी देशको यात्राका लागि अनुमति पाएन ।

पाकिस्तान कसैगरी पनि प्रतियोगिताको आयोजकमा आफ्नो नाम लेखाउन चाहन्थ्यो । क्रिकेट महाशक्तिबीचको शक्ति संघर्षका कारण अहिलेको संस्करण पनि रद्द हुने संघारमा पुगिसकेको थियो । तर, पाकिस्तान केही लचिलो बन्दै प्रतियोगिताका लागि ‘हाइब्रिड मोडेल’को प्रस्ताव गर्‍यो ।

पाकिस्तानको यो मोडेलअनुसार प्रतियोगिताका चार खेल पाकिस्तानमा र बाँकी खेलहरू श्रीलंकामा हुने सहमति बनेको छ । पाकिस्तानमा चार खेल हुने भए पनि भारतले भने आफ्नो सबै खेल श्रीलंकामा खेल्ने छ । पाकिस्तानले प्रस्ताव गरेको ‘हाइब्रिड मोडेल’मा भारत सहमत भएसँगै प्रतियोगिताबारे उब्जिएका शंका–उपशंका मेटिएको थियो ।

जे होस्, आज नेपाली टिममात्र होइन समर्थकले पनि क्रिकेट इतिहासमा एउटा नयाँ अनुभव गर्दै छन् । विश्वको ‘नम्बर वान’ टिमलाई पन्छाउन सजिलो नभए पनि असम्भव भने नरहेको पाकिस्तानकै कप्तानले अप्रत्यक्षरूपमा बताइसकेका छन् ।

Chitwan Aaja चितवन आज
बुधबार, भदौ १३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
व्यक्तिको गल्ती पार्टीले जिम्मा लिँदैनः महामन्त्री थापा
पूर्व प्रशिक्षक थिङ र खेल पत्रकार पन्त सम्मानित
दोधारा–चाँदनी सुक्खा बन्दरगाह प्रधानमन्त्रीको भारत भ्रमणमा शिलान्यास हुन्छः गृहमन्त्री लेखक

ताजा समाचार

सबै

व्यक्तिको गल्ती पार्टीले जिम्मा लिँदैनः महामन्त्री थापा

पूर्व प्रशिक्षक थिङ र खेल पत्रकार पन्त सम्मानित

दोधारा–चाँदनी सुक्खा बन्दरगाह प्रधानमन्त्रीको भारत भ्रमणमा शिलान्यास हुन्छः गृहमन्त्री लेखक

भारतीय प्रधानन्यायाधीश भूषण रामकृष्ण गवईले गरे लुम्बिनी भ्रमण

इन्द्रजात्रामा राष्ट्रपतिलाई बालेनको स्वागत, प्रधानमन्त्रीलाई गुरागाइँको

निजी क्षेत्रलाई डिजिटल पूर्वाधार विकासमा सहभागि गराउन जरुरी छ : सचिव भट्टराई

बाढीपहिरोले १२ राजमार्ग अवरुद्ध, १६० एकतर्फी सञ्चालन

नक्कली भारतीय नोटसहित कञ्चनपुरबाट ५ जना पक्राउ

माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै

हेटौँडामा चट्याङ लागेर प्रजाको मृत्यु

एमालेमा विवाद भइरहेका बेला देउवाले भने- पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोक्दैन

नेपालमै राम्रो आम्दानी हुनेगरी रोजगारी सिर्जना गर्नुपर्छ : महामन्त्री थापा

एमाले विधान महाधिवेशनः प्रतिवेदनमाथि समूहगत छलफल गर्न ७ घन्टा समय

घाइते बालिकाको उपचार खर्च एमालेले व्यहोर्ने

चाडपर्वले समृद्ध राष्ट्र निर्माणमा प्रेरित गर्नेछ : उपराष्ट्रपति यादव

संसदीय प्रक्रियामा एआईको प्रयोग गर्नेबारे सोच्दैछौं : सभामुख घिमिरे

हेर्नु भयो ?

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

चितवनका युवा व्यवसायी लामिछानेको ‘भाइरल गोर्खे’ जेठ ३० मा

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

विशेष

सबै
  • १.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • २.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ३.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ४.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ५.
    सुनको मूल्य फेरि घट्यो

  • ६.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ७.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ८.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • ९.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • १०.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • ११.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

  • १२.
    सडकमा दुध पोखेर आन्दोलनमा उत्रिए चितवनका किसान (फोटो/भिडियोसहित)

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

  • ३.
    आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ४.
    हेर्नुस आज मिति २०८२ भदाै १७ गते मंगलवारको राशीफल

  • ५.
    गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

  • ६.
    आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.