• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
बिहिबार, भदौ १९, २०८२
☰
बिहिबार, भदौ १९, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

‘सामुदायिक विद्यालय राम्रो बनाऊ, हामी सकिन तयार छौँ’

गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा

चितवनमा ग्रेस इन्टरनेशनलको ‘एडुभर्स २०२५’

सकियो तीन दिने अङ्कुरम्–नमुना राष्ट्रसंघ कार्यक्रम

अर्किड स्कुलद्वारा अन्तर विद्यालय स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

फोर्ब्स कलेज भरतपुर चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रबृति प्रदान गर्ने

अर्बिट स्कुलमा कक्षा ११ का विद्यार्थीलाई कक्षा १२ का विद्यार्थीले गरे स्वागत

पूर्वाग्रही सोचसहित ल्याउनलागिएको शिक्षा विधेयक अस्वीकार्य : प्याब्सन

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

  • ३. आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ४. आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

  • ५. हेर्नुस आज मिति २०८२ भदाै १७ गते मंगलवारको राशीफल

  • ६. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ७. चितवनमा कार अनियन्त्रित भई रुखमा ठोक्किँदा एक जनाको मृत्यु

  • ८. मुग्लिन सडकमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

  • ९. गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

  • १०. प्रधानमन्त्रीलाई बालेनको आग्रह–लिपुलेक हाम्रो हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला

विज्ञता र क्षेत्राधिकारभित्र रहेर काम गर्न मन्त्री डा.देवकोटाको निर्देशन

हेटौंडा, भदौ १८-
बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले मातहतका निकायहरूलाई आफ्नो विज्ञता र क्षेत्राधिकारभित्र रहेर काम गर्न निर्देशन दिनुभएको छ। उहाँले एक निकायको काममा अर्कोले हस्तक्षेप गर्ने र आफ्नो विज्ञताभन्दा बाहिर गएर काम गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभयो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा हेटौँडामा आयोजित ‘वार्षिक प्रगति समीक्षा तथा आगामी कार्ययोजना गोष्ठी’को समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री देवकोटाले भन्नुभयो, “सडकको विज्ञता भएको निकाय हुँदाहुँदै त्यहाँ हस्तक्षेप गर्ने काम बन्द हुनुपर्छ। जसको जे विज्ञता हो, उसले त्यही काम गर्ने हो। अनुशासन र ‘चेन अफ कमान्ड’ सबैभन्दा महत्त्वपूर्ण कुरा हो।”

सहरी विकास कार्यालयहरू सहर र भवन निर्माणमा केन्द्रित हुनुपर्नेमा ग्रामीण सडक निर्माणमा रुचि देखाएकोमा असन्तुष्टि व्यक्त गर्दै उहाँले यस्ता कार्यले गुणस्तर र जवाफदेहितामा प्रश्न उठ्ने बताउनुभयो। “हामी एउटै मन्त्रालयभित्र त क्षेत्राधिकार मिलाउन सक्दैनौं भने अरू मन्त्रालयले गरेको काममा कसरी प्रश्न उठाउन सक्छौं?” उहाँले प्रश्न गर्नुभयो।

मन्त्री देवकोटाले प्रदेश यातायात गुरुयोजना (पीटीएमपी) अन्तर्गतका सडकहरूको आर्थिक प्रतिफल र स्थानीय जीविकोपार्जनसँगको सम्बन्धबारे समीक्षा गर्ने बेला आएको बताउनुभयो। उहाँले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) ‘कट–पेस्ट’ गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै गुणस्तरीय र वास्तविक धरातलमा आधारित बनाउन निर्देशन दिनुभयो। मन्त्रालयले बहुवर्षीय योजनाहरू र त्यसका लागि स्रोत सुनिश्चितताको विषय दशैँअघि नै टुङ्ग्याउने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो। कामको विश्वसनीयता र वैधताका लागि तेस्रो पक्षबाट अनुगमन तथा मूल्याङ्कन गर्ने प्रणाली विकास गर्नुपर्नेमा उहाँको जोड थियो।

मन्त्री देवकोटाले मन्त्रालयले निर्माण गरेका सडक, पुल, भवनजस्ता भौतिक सम्पत्तिहरूको उचित मूल्याङ्कन गरी अभिलेखीकरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। राजधानीसमेत रहेको काठमाडौँ उपत्यकामा ठूला र देखिने खालका आयोजनाहरूको कमी भएको भन्दै यस विषयमा विशेष ध्यान केन्द्रित गर्न उहाँले सम्बन्धित कार्यालयहरूलाई आग्रह गर्नुभयो। कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने जिल्लाहरूलाई सम्मान गर्ने नयाँ परम्पराको सुरुवात गरिएकोमा खुसी व्यक्त गर्दै उहाँले आगामी वर्ष अन्य जिल्लाहरूलाई पनि बधाई दिन आतुर रहेको बताउनुभयो।

कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठाले मन्त्रालयले आफ्नो विषयमा विज्ञता हासिल गर्नुभएका मन्त्री पाएकाले प्रभावकारी ढङ्गबाट काम हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “हामीले आफ्नो मन्त्रालयको विषयमा विज्ञता हासिल गर्नुभएका मन्त्री पाएका छौँ, यो मन्त्रालय र यहाँ कार्यरत कर्मचारीका लागि गर्वको विषय हो।” सचिव मरहठ्ठाले मातहतका कर्मचारीहरूलाई प्राविधिक ज्ञानका साथै प्रचलित कानुन र राज्य सञ्चालनका नीतिहरूमा पनि अब्बल बन्न निर्देशन दिनुभयो। उहाँले कुनै पनि प्राविधिक कर्मचारीका लागि आफ्नो विषयको प्राविधिक ज्ञान हुनु, हरेक काम कानुनसम्मत गर्न प्रचलित कानुनबारे अद्यावधिक रहनु, र दलीय राजनीतिभन्दा माथि उठेर राष्ट्रिय योजना, प्रदेशका आवधिक योजना तथा सरकारका लक्ष्यजस्ता राज्य सञ्चालनका नीतिबारे स्पष्ट जानकारी राख्नु अनिवार्य रहेकोमा जोड दिनुभयो।

भाद्र १७ र १८ गते सञ्चालित दुईदिने उक्त गोष्ठीमा आर्थिक वर्ष २०८१/८२को कार्यप्रगति समीक्षा गर्दै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कार्ययोजना तय गरिएको थियो। मन्त्रालय मातहतका १९ वटै कार्यालयका प्रमुखहरूले आ–आफ्नो कार्यालयको कार्यसम्पादन विवरण प्रस्तुत गर्नुभएको थियो।

गोष्ठीमा योजना कार्यान्वयनमा देखिएका मुख्य चुनौतीहरू जस्तैः जग्गा प्राप्तिमा ढिलाइ, निर्माण सामग्रीको अभाव, जटिल ठेक्का प्रक्रिया र जनशक्ति अभावबारे विस्तृत छलफल भएको थियो। मन्त्रालयले पूँजीगत खर्च र बेरुजु फछ्यौटजस्ता सूचकका आधारमा पूर्वाधार विकास कार्यालय, मकवानपुर र सहरी विकास तथा भवन कार्यालय, काभ्रेलाई प्रशंसापत्र प्रदान गरेको थियो।

गोष्ठीमा सहभागीहरूलाई सहरी योजना तथा बस्ती विकास विज्ञ प्रा. डा. संगीता सिंह र वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन विज्ञ डा. माधव कार्कीले प्रशिक्षण दिनुभएको थियो।

Chitwan Aaja चितवन आज
बुधबार, भदौ १८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आज बिहीबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल
पुतलीसडकमा माइक्रोबसले ठक्कर दिँदा दुई घाइते, एकको अवस्था गम्भीर
विद्यालयबाट फर्कंदै गर्दा खोलाले बगाएर बालिकाको मृत्यु, तीन घाइते

ताजा समाचार

सबै

आज बिहीबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

विज्ञता र क्षेत्राधिकारभित्र रहेर काम गर्न मन्त्री डा.देवकोटाको निर्देशन

पुतलीसडकमा माइक्रोबसले ठक्कर दिँदा दुई घाइते, एकको अवस्था गम्भीर

विद्यालयबाट फर्कंदै गर्दा खोलाले बगाएर बालिकाको मृत्यु, तीन घाइते

‘सामुदायिक विद्यालय राम्रो बनाऊ, हामी सकिन तयार छौँ’

चीन भ्रमण सकेर स्वदेश प्रस्थान गरे ओली

भरतपुर अस्पतालमा ८९ प्रतिशत ज्येष्ठ नागरिकले बिमामार्फत सेवा लिए

सांसदद्वारा आन्दोलनरत किसानका माग सुनुवाइ गर्नुपर्ने माग

रुपन्देही–३ मा उम्मेदवार छान्ने प्रक्रियामा राप्रपामा विवाद, केन्द्रको निर्णय तल्लो तहले नमान्ने

सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान कार्य रोक्न सांसद नेम्वाङको माग

यस्तो रह्यो प्रधानमन्त्री ओली सहभागी चीनको सैन्य परेड (तस्वीरहरु)

ट्रम्पको आरोप : सीले रूस र उत्तर कोरियासँग मिलेर षड्यन्त्र गरिरहेका छन्

मुस्ताङ कारागार : एउटै भवनमा कैदीबन्दी र सुरक्षाकर्मी

चौताराका किसान किबीखेतीमा आकर्षित

एएफसी यु–२३ एसियन कप छनोट फुटबल प्रतियोगिता : नेपाल र ताजकिस्तानबीच प्रतिस्पर्धा हुँदै

सुनको मूल्य हालसम्मकै उच्च : कतिमा हुदैँ छ कारोबार ?

हेर्नु भयो ?

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

चितवनका युवा व्यवसायी लामिछानेको ‘भाइरल गोर्खे’ जेठ ३० मा

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

विशेष

सबै
  • १.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • २.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ३.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ४.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ५.
    सुनको मूल्य फेरि घट्यो

  • ६.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ७.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ८.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • ९.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • १०.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • ११.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

  • १२.
    सडकमा दुध पोखेर आन्दोलनमा उत्रिए चितवनका किसान (फोटो/भिडियोसहित)

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

  • ३.
    आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ४.
    आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

  • ५.
    हेर्नुस आज मिति २०८२ भदाै १७ गते मंगलवारको राशीफल

  • ६.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.