चितवन, बैशाख २० –
नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालले काँग्रेस–माओवादी–एकिकृत समाजबादीले एक अर्काको झण्डा बोक्न आग्रह गर्नुभएको छ ।
भरतपुर महानगरपालिका–२२ को पटिहानीमा पाँच दलीय गठबन्धको सम्पर्क कार्यालयको उद्घाटन गर्दै सभापति खनालले त्यस्तो बताउनु भएको हो ।
नेपालको ईतिहासर विभन्न चरणमा भएका परिवर्तनका मुद्दामा एक पार्टीले अर्को पार्टीको झण्डा बोक्ने गरेको स्मरण गर्नुभयो । उहाँले
०४६ सालमा भएको अन्दोलनका क्रममा पनि त्यस बेलाका पार्टीले यो झण्डा मेरो पार्टीको, यो झण्डा अर्काको पार्टीको नभनेको उल्लेख गर्नुभयो ।
त्यस्तै ०६३ सालको जनआन्दोलनमा एक पार्टीले अर्को पार्टीको झण्डा बोकेकै कारण देशमा संघिय गणतन्त्र स्थापना भएको खनालको भनाई छ ।
केपी ओली सरकारले नेपालको संविधानलाई निमोठ्न खोजेपछि अहिलेको बाम–लोकतान्त्रिक गठबन्धको स्थापना भएको बताउनुभयो ।