काठमाडाैं साउन १,
श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत दोस्रो खेलमा नेपालले भारत ‘ए’ विरुद्ध खराब शुरूआत गरेको छ । टस जितेर ब्याटिङ रोजेको नेपालले पावरप्लेमै महत्वपूर्ण पाँच विकेट गुमाएको छ ।
पहिलो ओभरमै पहिलो विकेट गुमाएको नेपालले १० ओभरको खेल सकिँदा पाँच विकेट गुमाएर ४२ रन मात्रै बनाएको छ ।
नेपालका आसिफ शेखले ७, देव खनाल १५ र भीम सार्कीले ४ रन जोडेर आउट भए भने कुशल भुर्तेल र कुशल मल्ल खातासमेत नखोली बाहिरिए । अहिले रोहित पौडेल र सोमपाल कामी ब्याटिङ गरिरहेका छन् ।
भारतका हर्सित रानाले दुई र राजबर्द्धन हर्गर्गेकरले तीन विकेट लिए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार