काठमाडौं । आईसीसी विश्वकप छनोटअन्तर्गत प्लेअफ खेलमा नेपालले यूएईमाथि तीन विकेटको जित निकालेको छ ।
१८२ रनको लक्ष्य पछ्याएको नेपालको जितमा दीपेन्द्रसिंह ऐरी नायक बने । सुरुआत र मध्यक्रममा धर्मराएको नेपालको ब्याटिङमा ऐरीले सम्हालिएको प्रदर्शन गर्दै सात चौका र दुई छक्काको मद्दतमा ८५ बलमा ७९ रन बनाए ।
उनलाई सन्दीप लामिछानेले २३ रनसहित साथ दिए । यसबाहेक नेपालका लागि ओपनर कुशल भुर्तेलले ५९ बलमा ३५ रन बनाए । यस्तै, ज्ञानेन्द्र मल्लले २२ बलमा १३ रन र गुल्शन झाले २४ बलमा १२ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।