काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालका लागि सन्दीप लामिछानेले दोस्रो विकेट लिएका छन् ।
१६८ रनको लक्ष्य पच्छ्याइरहेको नेदरल्यण्ड्सले १४ ओभर ५ बलमा ९६ रन जोड्दा सन्दीपले दोस्रो विकेट लिएका हुन् ।
१५औं ओभरको दोस्रो बलमा उनले नै वेस्ली बार्रेसीलाई दिपेन्द्र सिंह ऐरीको हातबाट क्याच गराए । उनी मात्र ३ रनमा आउट भएका हुन् ।