काठमाडाैं असार ९,
आइसिसी विश्वकप छनोट अन्तर्गत शनिबार नेपाली क्रिकेट टिमले नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।
समूह चरणको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्न लागेको हो ।
जिम्बावेको ताकाशिंगा क्रिकेट स्पोर्ट्स क्लबमा हुने सो खेल नेपाली समय अनुसार दिउँसो १२ः ४५ बजेदेखि सुरु हुनेछ ।
दुईवटा खेलमा पराजित तथा एक खेलमा बिजयी नेपालको सुपर सिक्समा पुग्ने लक्ष्य नेदरल्यान्ड्सलाई हराएर मात्र पुरा हुने छ ।
नेदरल्याण्डलाई हराउन नसके नेपाल समूह चरणबाटै बाहिरिने छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार