चितवन, बैशाख ११ –
सामाजिक अभियान्ता अर्जुन भुषालले माडी नगरपालिकाको प्रमुख (मेयर)मा उम्मेद्वारी नदिने भएका छन् ।
सामाजिक कार्य गरेर देशभर चर्चा कमाएका सामाजिक अभियान्ता भुषालले हिजो मेयरमा उम्मेद्वार दिने बताएका थिए । तर आज उनले उम्मेद्वारी दिएनन् । उम्मेद्वारी मनोनयनको समय सकिएपछि सामाजिक सञ्जालमा एउटा स्टाटस लेख्दै उनले मेयरमा उम्मेद्वारी नदिने निर्णयमा पुगेको बताएका छन् ।
चितवन आजसँग कुराकानी गर्दै अभियान्ता भुषालले भने, ‘अहिले तत्काल मेयरमा उम्मेद्वार दिइहाल्ने अवस्था बनेन्, घरपरिवारको तर्फबाट मलाई मेयरमा नउठ्न आग्रह गरियो । तसर्थ उम्मेद्वारी दिइन् ?’
माडी नगरपालिकाको मेयरमा स्वतन्त्र रुपमा भुषालले उम्मेद्वारी दिन लागेका थिए । उनी माडी नगरपालिका–४ का स्थायी बासिन्दा हुन् ।
हेर्नुहोस्, उनको स्टाटस :
मैले हिजो बेलुका सामाजिक सन्जाल फेसबुकमा म स्वतन्त्र तर्फबाट माडि नगर प्रमुख पदमा उम्मेदवारी दिन सक्छु है सल्लाह गर्दैछु भनेको थिए त्यसपछि सामाजिक सन्जालमा धेरै समाचारहरु बने धेरैले सफलताको शुभकामना दिनुभयो फोन ,म्यासेस , statues ,प्रत्यक्ष भेटेर हौशला प्रदान गर्नुहुने सबै मेरा आदरणीय अग्रज अभिभावकहरु , साथिहरु, शुभेच्छुकहरु सबै प्रति आभारी छु। बस कुरा यो हो कि म कसैका बिरुद्दमा कसैलाइ गलत बनाउन हराउन कहिल्यै पनि उम्मेदवारी दिनि सोचको मान्छे होइन ।म मा छुटै एउटा सन्कल्प अठाेट छ जुन म केवल क्षणिक समय केहि दिनको लागि केहि महिनाको लागि मात्र होइन बाचुन्जेल सामाजिक कर्तब्य पुरा गर्ने यात्रामा छु। अहिले नै म उम्मेदवार बनि हाल्ने अवस्था छैन्। अझै मैले सामाजिक अभियानमा अझै धेरै गर्नुछ्। समग्र देशलाइ नै एउटा राम्रो सन्देश दिनु छ्। आफ्नो जन्मभुमि माडि हिजो २०२१ साल देखि हाम्रो परिवार स्याङ्जाबाट आएर दुख मेहनत गरेको थलो हो माडि यहि ठाउमा जन्मिए हुर्किए पढे बेग्लै प्रेम छ पटक पटक मृत्युलाइ जित्न सफल भएको छु यहि माडिलाइ अझ बिकशित नमुना माडि बनाउने ममा तिब्र चाहना एउटा उदेश्य छ। तत्काल यो पुरा गर्न यो पटक आउने भाबि जुन दलको नेतृत्व रहेपनि मेरो पुर्ण साथ रहनेछ्। बस एउटा मात्र चाहना हो देश समाज हाम्रो नगर बन्नु पर्यो भन्ने नै हो । यसपटक प्रत्यक्ष हजुरहरुको माझ उम्मेदवार नरहेपनि समग्र माडिकाे बिकास सगै सम्रग देशको सेवामा समस्यामा रहेका नागरिकको मलम बन्ने यात्रा जारि नै रहनेछ्। मन नदुखाउनु होला उम्मेदवारी भएन भनेर आगामि चुनाबमा हजुरहरुको माझ साचै बिकशित सुन्दर माडि बनाउने प्रभाबकारि एजेन्डा उदेश्य लिएर आउनेछु। अब आउने निर्बाचित नेतृव्ले दल भन्दा माथि उठेर काम गर्नुहोला । शुभकामना अब जनता सचेत छन बिबेक पुर्याएर मतदान गर्नु ल जय माडि जय नेपालि धन्यवाद ।