काठमाडाैं बैशाख १९,
एसीसी प्रिमियर कपको फाइनलमा नेपालको कसिलो बलिङविरुद्ध संयुक्त अरब इमिरेटस युएई निरीह देखिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको युएई ३३.१ ओभरमा ११७ रन बनाउँदै अल आउट भएको हो ।
नेपालले जीतका लागि ११८ रनको सामान्य लक्ष्य पाएको छ । सोमवार वर्षाका कारण अवरुद्ध बनेको खेल आज पुन: खेलाइँदै छ । सोमवार वर्षाका कारण खेल अवरुद्ध बनेको थियो ।
युएईका आशिफ खानले सर्वाधिक ४६ रन बनाए । त्यस्तै आर्यान लाक्राले १३, मोहम्मद वसीमले ११,जुनैद सिद्धिकीले १० र बसिल हमीदले १० रन बनाए । युएईका बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि ललित राजवंशीले सर्वाधिक चार विकेट लिए । करण केसी र सन्दीप लामिछानेले दुई/दुई विकेट लिए । त्यस्तै सोमपाल कामी र गुल्सन झाले एक/एक विकेट लिए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार