काठमाडौं,चैत १७-
आयुष घलान र मनिष डाँगीको गोलमा नेपालले शुक्रबार उत्कृष्ट पुनरागमन गरेर लाओसलाई २–१ ले हराउँदै प्रधानमन्त्री त्रिदेशीय कपको उपाधि जितेको छ ।
नेपालले लाओसलाई हराएको यो तेस्रोपटक हो । यसअघि यही प्रतियोगिताको पहिलो खेलमा नेपालले लाओसलाई २–० ले हराएको थियो । त्यसअघि २०१६ नोभेम्बरमा सप्पन्न एएफसी सोलिराडिटी कपमा लाओस पेनाल्टी सुटआउटमा नेपालसँग ३–२ ले पराजित भएको थियो ।
आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लाओसले फौथाभोङ साङभिलेले गरेको गोलमा लाओसले १७औँ मिनेटमा अग्रता लिएको थियो । साङभिलेले बौनफाचन बौनकोङको पासमा गोल गरेका हुन् ।