काठमाडाैं चैत १७,
बारा २ मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्वडीआईजी रमेश खरेललाई उम्मेदवार बनाउने तयारी गरेको छ । सुशासन पार्टीका अध्यक्ष समेत रहेका खरेल मंसिर ४ मा सम्पन्न निर्वाचनमा पनि काठमाडौँबाट उम्मेदवार रहेर पराजित बनेका थिए ।
वैशाख १० को उपनिर्वाचनमा रास्वपाले उम्मेदवारको रुपमा उनको नाम अघि सारेको हो । पार्टीले आन्तरिक प्रारम्भिक निर्वाचनमा भाग लिने गरी खरेलसहित बारा २ बाट युवराज न्यौपानेको नामसमेत अघि सारेको हो ।
यस्तै तनहुँ १ मा स्वर्णिम वाग्ले, ईश्वर लामिछाने र रुपक बिक घिमिरेको नाम अघि सारिएको छ । यस्तै चितवन २ मा सभापति रवि लामिछाने एकल उम्मेदवार हुनेगरी प्रारम्भिक निर्वाचनका लागि उम्मेदवारको नामावली सार्वजनिक गरिएको छ ।