चितवन, माघ ०९-
रङ्ग केवल भित्तामा पोतिने तह होइन, यो सपना हो, पहिचान हो र भविष्यप्रतिको भरोसा पनि हो। यही भरोसालाई २२ वर्षदेखि निरन्तर रंगाइरहेको छ—टाटा पेन्ट्स एण्ड केमिकल इन्डस्ट्रिज प्रा.लि.ले. चितवनको भरतपुरबाट सुरु भएको यो स्वदेशी उद्योग आज गुणस्तर, विश्वास र दीर्घकालीन प्रतिबद्धताको प्रतीक बनेको छ।
आचार्य होल्डिङअन्तर्गत सञ्चालित टाटा पेन्ट्सले टाटा ब्रान्डअन्तर्गत ७, १० र नेपालमै पहिलो पटक १३ वर्षको ग्यारेन्टीसहितका विभिन्न पेन्टहरू उत्पादन गर्दै आएको छ। आईएसओ-लगायत नेपाल गुणस्तर (NS) चिन्ह प्राप्त गरिसकेको यस कम्पनीले स्वदेशी उत्पादनले पनि अन्तर्राष्ट्रिय स्तरको विश्वास जित्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ।
कम्पनीकी अध्यक्ष विमला आचार्यको दूरदर्शी नेतृत्व र प्रबन्ध निर्देशक प्रकाश आचार्यको सक्रिय व्यवस्थापनले टाटा पेन्ट्सलाई उद्योग क्षेत्रमा मजबुत रूपमा स्थापित गरेको छ। गुणस्तर र नवीनतालाई आत्मसात गर्दै अघि बढिरहेको कम्पनीले “हामी रंगान्छौं नेपाललाई ! ” भन्ने नारामार्फत स्वदेशप्रतिको माया र प्रतिबद्धता व्यक्त गरेको छ।
यसै क्रममा टाटा पेन्ट्सले चर्चित नायिका तथा मोडल श्रृष्टी खड्कालाई ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गर्दै आफ्नो ब्रान्डलाई अझ सशक्त बनाएको छ। प्रबन्ध निर्देशक प्रकाश आचार्य र नायिका खड्काबीच तीन वर्षे सम्झौता भएको हो । उनको व्यक्तित्व, लोकप्रियता र सकारात्मक छविले टाटा पेन्ट्सको सन्देशलाई अझ गहिरो रूपमा आम उपभोक्तामाझ पुर्याउने विश्वास कम्पनीले लिएको छ।
समयसँगै प्रविधि, गुणस्तर र विश्वासलाई रंगाउँदै आएको टाटा पेन्ट्स आज केवल पेन्ट उद्योग मात्र होइन, स्वदेशी उत्पादनप्रतिको गर्वको कथा बनेको छ—जहाँ प्रत्येक रङ्गले नेपाल रंगिने सपना बोकेको छ।






