काठमाडौं,चैत १०-
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता नभएको बताएका छन् ।
शुक्रबार पार्टीको अर्थ–योजना विभागले आयोजना गरेको देशको वर्तमान आर्थिक अवस्था र समाधानका उपायहरु विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष नेपालले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता नभएको बताए । उनले यी दुई विमानस्थलमा अर्बौँ रुपैयाँ लगानी भए पनि प्रतिफल नआएको बताए ।
उक्त पैसा अर्को क्षेत्रमा लगानी गरेको भए त्यसको प्रतिफल आउने भन्दै नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलले भने आवश्यकताको पूर्ति गर्ने धारणा राखे । देशमा आवश्यकताहरुको प्राथमिकीकरण गर्न नसकिएको बताउँदै उनले कुनै पनि कुरामा दूरगामी सोच राख्न नसकिएको टिप्पणी गरे ।
“मैले संसद्मा पनि भनेको थिएँ । पोखराको अन्तर्राष्ट्रिय विमानस्थलको आज आवश्यकता थियो रु लुम्बिनीको जरुरी थियो रु त्यहाँ अर्बौंको खर्च भएको छ,” उनले भने, “त्यहाँ पैसा लगानी भएको छ । त्यो लगानीको प्रतिफल विचार गर्नुस् त । त्यसको ब्याज । त्यही पैसा यदि अर्को क्षेत्रमा लगानी गरेको भए त्यसको प्रतिफल प्राप्त हुन्थ्यो ।”