काठमाडौं – बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा परेको छ ।
आइतबार सरकारी पक्षका वकिलहरूको बहस सकिएर सन्दीप पक्षका वकिलको बहस नसकिएपछि न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले मुद्दा हेर्दाहेर्दैमा राखेको हो ।इजलासले सन्दीपको मुद्दामा सोमबार लगातार सुनुवाइ हुनेगरी पेसी तोकेको छ ।