– बिनय आचार्य
चितवन, ०७९ बैशाख १ –
चितवनको भरतपुर–१० सप्तगण्डकी कलेज रोडमा बियर दरबार खुलेको छ ।
बियर दरबारबारको आज नयाँ वर्षका दिन उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले उद्घाटन गरे ।
बियर दरबारबारको उद्घाटन गर्दै श्रेष्ठले युवाहरु नयाँ सोचका साथ स्वदेशमा नै केही गर्नुपर्छ भनेर व्यावसायमा लाग्नु धरै खुसीको कुरा भएको भन्दै सफलताको शुभकामना दिए ।
४ जना युवाहरु मिलेर बियर दरबार खोलिएको बियर दरबारका सञ्चालक एवम् प्रबन्ध निर्देशक सुमन अधिकारीले जानकारी दिए । बियर दरबारमा ४० भन्दा बढी प्रकारका स्वदेशी तथा विदेशी बियरहरु पाइने उनले जानकारी दिए ।
बियर दरबारमा रेष्टुरेन्ट, बार, बर्थडे हल, जेल हल, होम हल पनि रहेको छ । खाजा खानका लागि मात्र पनि बियर दरबारमा आउन सकिने उनले बताए । प्राय खाजाका सम्पूर्ण परिकार बन्ने उनको भनाइ छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार