चितवन चैत २
राप्ती नगरपालिका वडा नं–५, भण्डारास्थित भित्री सडकखण्डमा सुजुकी भ्यानको ठक्करबाट साइकलयात्री युवक घाइते भएका छन् ।
बेल्डियाबाट भण्डारातर्फ आउँदै गरेको साइकललाई सोही दिशाबाट आउँदै गरेको बा १२ च ७७९ नम्बरको सुजुकी भ्यानले ठक्कर दिँदा साइकलयात्री धादिङ घर भई हाल राप्ती–५ बस्ने २५ वर्षीय राजकुमार प्रजा घाइते भएका हुन् ।
घाइते युवकको नयाँ मेडिकल कलेज (सिएमसी), भरतपुरमा उपचार भइरहेको र भ्यान चालक राप्ती–४ बस्ने २३ वर्षीय जोन तामाङ इलाका प्रहरी कार्यालय भण्डाराको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।