काठमाडौं, मंसिर २७ –
नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गुर्खाजले १०२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको काठमाडौंले १९.३ ओभरमा सबै विकेट गुमाएर १०२ रनको योगफल खडा गर्याे ।
काठमाडौंका गेरहार्ड इरास्मसले सर्वाधिक २० रन बनाए । उनले २२ चौका प्रहार गरे । कप्तान करण केसीले १३ बलमा दुई चौका र एक छक्कासहित १९ रन थपे । साहब आलम आठ रनमा अविजित रहे । ओपनर स्टेफन एस्किानजीले १९ बलमा दुई चौकाहित १७ रन जोडे । यसबाहेक, अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।