माघ ६,काठमाडौं ।
नेकपा एमालेबाट काठमाडौं क्षेत्र नम्बर ५ मा ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् । पोखरेलले टोखा नगरपालिकाको श्री समाज भवनमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी मनोनयन दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले बहुदलीय प्रणालीमा नयाँ दल स्थापना हुनु र चुनावमा प्रतिष्पर्धा हुनु स्वभाविक भएको बताए ।
उनले राजनीतिमा कोहि नयाँ–पुरानो नहुने तर बिचारलाई समयसँगै परिस्कृत गर्नुपर्ने उल्लेख गरे । उनले काठमाडौं–५ मा जनताको समर्थन बलियो रहेकाले आफ्नो पक्षमा नजिता आउने दावी गरे ।
साथै उनले आफ्नो क्षेत्रमा एमालको संगठन समेत बलियो रहेको उल्लेख गरे ।







