काठमाडौं, मंसिर २६
नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफ समीकरणबाट बाहिरिएपछि लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले टिमले क्षमताअनुसारको प्रदर्शन गर्न नसकेको बताएका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार काठमाडौं गुर्खाजविरुद्ध १८ रनले पराजित भएसँगै लुम्बिनी प्रतियोगिताको प्लेअफ समीकरणबाट बाहिरिने पहिलो टिम बनेको हो ।
खेलमा काठमाडौंले दिएको १०४ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी १९.२ ओभरमा ८५ रनमै समेटिएको थियो ।