काठमाडौं, मंसिर २६ –
नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सविरुद्ध काठमाडौँ गुर्खाज १०३ रनमा अलआउट भएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौँले १९.२ ओभरमा सबै विकेट गुमाएर १०३ रन बनाएको हो ।
काठमाडौँका लागि भीम शार्कीले सर्वाधिक ३१ रन बनाए । यस्तै डान डौथवेटले २१, प्रतिक श्रेष्ठले २० र स्टेफेन इस्किनाजीले १३ रन बनाए ।
बलिङमा साद विन जफरले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । रामोन सिमोण्ड्स र अभिशेष गौतमले दुई/दुई विकेट लिए । सूर्य तामाङ र विवेक यादवले समान एक/एक विकेट झारे ।