काठमाडौं मंसिर २३,
नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध ३३ रनको जित निकालेको छ ।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा चितवनले प्रस्तुत गरेको १६५ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले १८.२ ओभरमा सबै विकेट गुमाएर १३१ रनमात्र बनाउन सक्यो । प्रतियोगितामा चितवनको यो तेस्रो जित हो ।
चितवनले यसअघि पहिलो र दोस्रो खेलमा क्रमशः काठमाडौंविरुद्ध पाँच विकेटको र पोखरा एभेन्जर्सविरुद्ध ८७ रनको जित निकालेको थियो । तेस्रो खेलमा भने चितवनले कर्णाली याक्सविरुद्ध ६ विकेटको हार बेहोरेको थियो ।