काठमाडौं, मंसिर २१ –
आन्द्रियस गौस र दीनेश खरेलको कीर्तिमानी साझेदारीप्रेरित पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सविरुद्ध १० विकेटको शानदार जित निकालेको छ ।
जारी प्रतियोगितामा पोखराको तेस्रो खेलमा यो पहिलो जित हो । पोखरा यसअघि पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले र दोस्रो खेलमा जनकपुर बोल्ट्ससँग सात विकेटले पराजित भएको थियो ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा गौसले शतक र दीनेशले अर्धशतक बनाएपछि लुम्बिनीले प्रस्तुत गरेको १७१ रनको लक्ष्य पोखराले १६.५ ओभरमा विकेट नगुमाई भेट्टायो ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा गौसले शतक र दीनेशले अर्धशतक बनाएपछि लुम्बिनीले प्रस्तुत गरेको १७१ रनको लक्ष्य पोखराले १६.५ ओभरमा विकेट नगुमाई भेट्टायो । प्रतियोगितामा यो विकेट आधारको सबैभन्दा ठूलो जित हो ।
पोखराको जितमा ओपनर गौसले अविजित १०४ रन जोडे । गौसले ५५ बलमा १२ चौका र पाँच छक्का प्रहार गरे । योसँगै उनी एनपीएलमा शतक बनाउने पहिलो ब्याटर समेत बने । लुम्बिनीविरुद्ध गौसले २० बलमा अर्धशतक र ५४ बलमा शतक पूरा गरेका थिए ।