काठमाडौं, मंसिर १९ –
नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गुर्खाजले पहिलो जित निकालेको छ । काठमाडौंले बुधबार भएको रोमाञ्चक खेलमा कर्णाली याक्सविरुद्ध तीन विकेटको जित निकालेको हो ।
प्रतियोगितामा काठमाडौंको यो पहिलो जित हो । काठमाडौं यसअघि पहिलो खेलमा चितवन राइनोजसँग आठले पराजित भएको थियो ।
पहिलो जितपछि काठमान्डुले २ खेलबाट २ अंक जोडेको छ ।
पेपरमा बलियो देखेको र धवनको आगमनले चर्चामा रहेको कर्णालीको भने यो लगातार दोस्रो हार हो । कर्णाली पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।