काठमाडौं मंसिर १९,
नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गुर्खाजविरुद्ध कर्णाली याक्सका शिखर धवनले अर्धशतक बनाएका छन् ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको कर्णालीबाट धवनले ४२ बमा तीन चौका र तीन छक्का प्रहार गरे । योसँगै धवन प्रतियोगितामा अर्धशतक बनाउने छैटौँ ब्याटर बने ।
उनीअघि जनकपुर बोल्ट्सका लहिरु मिलान्था र अनिल साहले अर्धशतक बनाएका थिए । विराटनगर किंग्सका मार्टिन गप्टिल, सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी र चितवन राइनोजका रवि बोपाराले पनि अर्धशतक बनाएका थिए ।