चितवन, मंसिर १८ –
जारी एनपिएलमा सुदुरपश्चिम रोयल्सले सानदार विजयी यात्रा सुरु गरेको छ । विराटनगर किङ्ग्सलाई ९० रनले हराउँदै सुदुरपरिश्चमले आफ्नो विजयी यात्रा सुरु गरेको हो ।
यस अघि टस हारेर बलिङको निम्तो पाएको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८२ रन बनाउन सफल भएको थियो ।
१८३ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको विराटनगर १६.१ ओभरमा ९२ रन बनाउँदै अल आउट हुन पुग्यो ।