२५ कात्तिक, काठमाडौं-
यूएईमा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले थाइल्यान्डमाथि सहज जित निकालेको छ ।
आइतबार भएको खेलमा नेपालले थाइल्यान्डलाई १०६ रनको फराकिलो अन्तरले हराएको हो ।
नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको थाइल्याण्ड १६ ओभरमा ३३ रनमा अलआउट भयो । थाइल्याण्डका लागि कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
गत बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्यान्डसँग खेलेको थियो । उक्त खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।