काठमाडाैं कात्तिक १५,
काठमाडौं महानगरपालिकाले साफ च्याम्पियनसिप- २०२४ को उपविजेता नेपाली महिला टोलीलाई २५ लाख नगदसहित सम्मान गरेको छ ।
मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता ढंगोलले बुधबार राति नै उपविजेता नेपाली टोलीलाई सम्मान गरेका हुन् ।
‘देशलाई जोड्ने खेलाडीहरूलाई हार्दिक हार्दिक बधाइ ! सधैँ देशलाई यसरीनै मायाले समात्नु होला,’ २५ लाखको चेक हस्तान्तरण गरेको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै उनले लेखेका छन्, ‘नेता र राजनीतिले टुक्राएको देशलाई सधैं यसरीनै जोड्ने काम गरिराख्नु होला !’
बुधबार साँझ भएको साफको फाइनल खेलमा बंगलादेशसँग २-१ गोल अन्तरले पराजित हुँदै नेपाल उपविजेतामै सीमित भएको थियो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार