रौतहट, २ चैत
रौतहटमा एक मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार भएको छ । परोहा नगरपालिका–९ स्थित शिव मनी ट्रान्सफरका सञ्चालक नितेश साहमाथि शुक्रबार दिउँसो गोली प्रहार भएको हो ।
लुटेराहरूको समुहले गोलि प्रहार गरेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा हतियारसहित तीन जनाको समुह आएर करिब ५२ लाख रुपैयाँ लुटपाट गरेका हुन् ।
घटनामा संलग्न रहेको आरोपमा ३ जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मुनिस कुमार यादव, राजा कुमार पासवान र चन्द्रभान सिंह रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट भारतीय नम्बर प्लेटको एउटै मोटरसाइकलमा, पेस्तोल र लुटिएको रकम बरामद गरेको छ । साहको कन्चटमा लागेको छ र उनलाई उपचारका लागि गौरमा पठाइएको प्रहरीले जनाएको छ ।








