३० फागुन, धनगढी ।
सोमबार साँझ पुलमा आगो लाग्दा सामान्य क्षति भएको कैलालीको चिसापानीस्थित कर्णाली पुल अझै सञ्चालनमा आएको छैन ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशलाई जोड्ने चिसापानीस्थित कर्णाली पुलमा गाडी सञ्चालन गर्न मिल्ने कि नमिल्ने भन्नेबारे प्राविधिक टोलीले अध्ययन गरिरहेको छ ।








