सल्यान, ३० फागुन
सल्यानको शारदा नगरपालिका वडा नम्बर ३ का तत्कालीन वडा अध्यक्ष टोपबहादुर थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर मुद्दा दायर गरेको छ ।
आज बुधवार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
मृत्यु भइसकेको मानिसको नाममा वृद्धभत्ता वितरण गरेको भन्दै उनीविरुद्ध ५१ हजार रुपैयाँ बिगो कायम गरिएको छ ।








