काठमाडाैं माघ १३,
देशको कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागलगायत मधेश प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
राती कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार








