काठमाडौँ, १० माघ
२२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा २५ वर्षीय युवकलाई प्रहरी पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका-४ घर भएका निरन्जन बुढाथोकी रहेका छन् ।
बुढाथोकीले ती महिलालाई धापासीस्थित ग्रिनसिटी गेष्ट हाउसमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले बुधबार बिहान पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको समाचार कक्षले जनाएको छ ।








