काठमाडौँ, ५ माघ
बक्सिङ खेलाडी नीता गोसाईंलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा ३० बर्षिय युवकलाई पक्राउले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–९ घर भएका दिनेश लबजु रहेका छन् । उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । दिनेशमाथि आत्महत्या दुरुत्साहन गरेको आरोप छ ।
दिनेश र निताको सम्बन्धबारे खुलाउन नमिल्ने प्रहरीले बताएको छ । आरोपी विरुद्ध प्रहरी वृत्त जगातीले आत्महत्या दुरुत्साहन मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको भक्तपुरका डिएसपी वसन्त पाठकले जानकारी दिए ।
सशस्त्रको जवान पदमा कार्यरत नीता माघ २ गते भक्तपुर नगरपालिका–८ स्थित घरमा मृत अवस्थामा भेटिएकी थिइन् । उनी झुन्डिएको अवस्थामा देखेपछि परिवारले प्रहरीलाई खबर गरेका हुन् ।








