बारा, २९ पुस
१३ वर्षीय नाबालिगलाई बलात्कार गरेको आरोपमा ३० बर्षिय युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको महागढीमाई नगरपालिका–२ बस्ने आकाश मण्डल रहेका छन् ।
मण्डलले ति नाबालिगलाई झारफुक गर्ने बहानामा बलात्कार गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले शनिबार पक्राउ गरेको हो ।
प्रहरी स्रोतका अनुसार मण्डल केही समयदेखि झारफुक गर्ने काम गर्दै आएका थिए । प्रहरी भन्छ–‘त्यही क्रममा बालिका मण्डलकोमा झारफुक गराउन पुगेकी थिइन्, यही बेला मण्डलले जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।’
मण्डललाई प्रहरी थुनामा राखी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।








