काठमाडौँ, २८ पुस
विद्युतीय माध्यमबाट ब्ल्याकमेलिङ गरेर यौन शोषण गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जोगबनी घर भएका रवि कुमार रहेका छन् । उनि शुक्रबार विराटनगरबाट पक्राउ परेका हुन् ।
काठमाडौँमा बलात्कार गरेर भारत गएका रवि कुमारले अश्लील भिडियो बनाएर पीडितहरुलाई विराटनगरमा बोलाएर यौन शोषण गरेको प्रहरीले जनाएको छ।
रवि कुमारले अहिलेसम्म ३ जनालाई बलात्कार गरेको उजुरी जिल्ला प्रहरी परिसर काठमाडौँ र कालिमाटीस्थित महिला बालबालिका सेवा केन्द्रमा दर्ता भएको छ ।
अहिले उनलाई विराटनगरबाट काठमाडौँ ल्याउने तयारी भइरहेको छ ।








