झापा, २७ पुस
बहुबिवाह मुद्दामा फरार रहेकी एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा झापाको हल्दीबारी गाउँपालिका २ घर भई हाल भद्रपुर नगरपालिका ७ बस्ने २६ वर्षीय संगीता पुरी रहेकी छन्। उनलाई बिहिबार जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पुरीमाथि २०८० जेठ ४ गते जिल्ला अदालत झापाले बहुबिवाह मुद्दामा २ वर्ष कैद, २० हजार जरिवाना र ८ सय क्षतिपूर्ति शुल्कको फैसला गरेको थियो ।
सो फैसलालगत्तै फरार रहेकी उनलाई प्रहरीले ७ महिनापछि गरेको हो ।
पुरीलाई फैसला कार्यान्वयनका निमित्त झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइ अदालतको आदेशमा कैद भुक्तानका लागि जिल्ला कारागार झापा पठाइएको प्रहरीले जानकारी दिएको छ ।








