चितवन, २६ पुस
अनेरास्ववियु केन्द्रीय कमिटी अध्यक्ष समिक बडालले आई लागे जाई लाग्ने बताउनु भएको छ ।
सामाजिक संजाल फेसबुक मार्फत उक्त कुरा बताउनुभएको हो । अनेरास्ववियु खोटाङ जिल्लाका कोषाध्यक्ष राम्बो ह्याङ राईलाई चक्रवर्ती कलेज संचालकहरू बाट परिचालित व्यक्त बाट कुटपिट भएको भन्दै अध्यक्ष बडालले उक्त कुरा लेख्नुभएको हो ।
बैचारिक एवम् कानुनी लडाई लड्न नसक्नेहरूले आफ्ना नेता कार्यकर्तामाथि सांघातिक हमला हुन थालेपछि अध्यक्ष बडालको आक्रोशित हुदै कडा प्रतिक्रिया आएको हो ।
अखिलले सामाजिक संजालमा धेरै रोईलो गरेको नसुहाउने भन्दै अध्यक्ष बडालले लेख्नुभएको छ; “आई लागे जाई लाग्ने नै हो । नछोड्नु परेको व्यहोरौला ।”








